Logo
Logo

रुस र युक्रेनबीच शान्तिवार्ता सुरु


0
Shares

तस्बीरः एजेन्सी

एजेन्सी । रुसले युक्रेनमाथि आक्रमण गरेको पाँचौँ दिन दुई देशका प्रतिनिधिहरूबीच युद्ध अन्त्य गर्ने विषयमा बेलारुसमा छलफल सुरु भएको छ।

युक्रेनले तत्काल युद्धविराम होओस् र रुसी सेना फिर्ता जाओस् भन्ने चाहेको युक्रेनी राष्ट्रपतिको कार्यालयको भनाइ छ । रुसले चाहिँ दुवै पक्षलाई लाभ हुने सहमति गर्न खोजेको रुसी वार्ताकार भ्लादिमिर मेडिन्स्कीले बताए। शान्तिवार्ता सुरु हुनुअघि युक्रेनका राष्ट्रपतिले रुसी सैनिकहरूलाई हतियार बिसाउन आग्रह गरेका थिए।

उनले ईयूले तत्काल आफ्नो देशलाई सदस्यता देओस् भन्ने माग पनि गरेका थिए।

प्रतिक्रिया दिनुहोस्