Logo
Logo

सूर्या लाइफले सुरु गर्यो ‘सूर्या सुरक्षा कवज’ बीमा योजना


567
Shares

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आजदेखि ‘सूर्या सुरक्षा कवज’ बीमा योजना सञ्चालनमा ल्याएको छ । सो कम्पनीले आजदेखि लागू हुनेगरी कम्पनीको प्रधान कार्यालयमा औपचारिक रुपमा उद्घाटन गरी उक्त योजना सञ्चालनमा ल्याएको हो । न्यूनतम बीमाशुल्कमा सबै नेपालीको अधिकतम् रक्षावरण होस् भन्ने उद्देश्यले सरल र सुलभ बीमामा सम्पूर्ण वर्गको पहुँच स्थापित गर्न नौलो सोचसहित उक्त योजना ल्याइएको कम्पनीले जनाएको छ ।

उक्त कम्पनीका अनुसार ‘सर्वे भवन्तु सुखिन’ भन्ने मूल उद्घोषसहित बीमाको आधारभुत सिद्धान्तबाट अभिप्रेरित भएर यस्तो योजना अघि सारेको हो । विद्यमान विषम परिस्थितिमा आर्थिक क्षेत्रमा छाएको मन्दि तथा कोरोना भाइरसले जनजीवनमा उत्पन्न त्रासका कारण समेत जीवनको रक्षावरण गर्न अपरिहार्य रहेकाबेला सो योजना लोकप्रिय हुने कम्पनीको बुझाई छ ।

बीमा गर्दा ठूलो धनराशीको आवश्यकता पर्ने भ्रम जनमानसमा रहेकाबेला उक्त योजनाले बीमाप्रतिको दृष्टिकोणमा सकारात्मक प्रभाव पर्ने र बीमाको दायरा फराकिलो पार्न सहयोगी भूमिका निर्वाह गर्नेमा कम्पनी विश्वस्त रहेको छ ।

कम्पनीका अनुसार १८ वर्ष उमेर समूहकाले रु.१ करोडको बीमाङ्कमा वार्षिक रु. १४,५५० वा मासिक रु. १२ सयमा नै जीवनको रक्षावरण गर्न सक्नेछ । १८ देखि ६५ वर्षका सबै नागरिक सुरक्षित र जीवनको रक्षावरण होस् भन्ने अवधारणालाई आत्मसात् गरी सम्भवतः नेपालको बीमा बजारमा सबैभन्दा न्यून बीमाशुल्कमा उक्त जीवन बीमा प्रचलनमा ल्याइएको छ ।

सूर्या सुरक्षा कवज न्यूनतम १ लाखदेखि आय स्रोतको आधारमा जति पनि गर्न सकिने कम्पनीले बताएको छ । जोखिम बहनसँगै अतिरिक्त क्रिया खर्चसहितको सुविधा भएको सो योजनालाई अन्य योजनाहरुसँग समिश्रण गरी थप जोखिम बहन हुनेगरी लिन सकिने बताइएको छ । १ देखि ३० वर्ष सम्म बीमा अवधि भएको यो जीवन बीमा योजनामा बीमितको स्वेच्छाले एकल भुक्तानी वा

वार्षिक, अर्धवार्षिक, त्रैमासिक तथा मासिक किस्तामा बीमाशुल्क रकम बुझाउन सकिने व्यवस्था छ । जोखिम रक्षावरण गर्ने कार्यलाई सरल र सहज बनाउन उक्त योजनामा सहभागी भइ खरिद गर्न चाहने बीमितले कम्पनीको आधिकारिक वेबसाइट https://suryalife.com/proposal/buy-policy/184 वा मोबाइल एपबाट समेत घरैबाट लिन सकिने व्यवस्था मिलाइएको प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले जानकारी दिए । बीमा शुल्क भने उमेर र अवधिका आधारमा फरक पर्नसक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्