Logo
Logo

कामना सेवा विकास बैंकद्वारा थप तीन स्थानमा शाखारहित सेवा सञ्चालन


252
Shares

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ थप तीन स्थानमा शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा फागुन १५ गतेबाट रुपन्देही जिल्लाको देवदह नपा वडा नंं ८, अर्घाखाँची जिल्लाको सितगंगा नपा वडा नं २, सीतापुर र लमजुङ जिल्लाको मध्यनेपाल नपा–७ रामबजारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

देवदह नपामा देवदह मोबाइल एण्ड कम्प्युटर (प्रो. घनश्याम केसी), सितगंगा नपामा सचिन मोबाइल सेन्टर (प्रो सचिन बोहोरा) र मध्यनेपाल नपामा इशानेश्वर इलेक्टोनिक्स (प्रो. निर्दोश घिमिरे)लाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । देवदह रुपन्देहीमा बैंकका सञ्चालक भीमप्रसाद तुलाचन र देवदह नपा–८ का वडाध्यक्ष्य डण्डपानी भट्टराई, मध्यनेपाल लमजुङमा बैंकका सञ्चालक चतुराखर अधिकारी तथा अर्घाखाँची जिल्लाको सितगंगा–२ सितापुरमा सितगंगा नपा–२ का वडाध्यक्ष्य गोबद्र्धन थापाले उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए । कार्यक्रममा बैंकका संस्थापक, कर्मचारी, व्यावसायिक प्रतिनिधि तथा स्थानीयवासीको उपस्थिति थियो ।

शाखारहित बैंकिङमार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधा प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्