Logo
Logo

सुपारी खेतीका बारेमा पहिलोपटक नेपाली भाषामा कृति प्रकाशित


756
Shares

फाइल फोटोः सुपारी खेती

झापा । सुपारी खेतीको बारेमा नेपाली भाषामा लेखिएको पहिलो कृतिको बुधबार धुलाबारीमा लोकार्पण गरिएको छ ।

सुपारी खेतीमा विद्यावारिधि गरेका डा. शरणकुमार रिजालद्धारा लिखित ‘नेपालमा सुपारी खेती तथा उद्योग’ नामक कृतिको लोकार्पण गरिएको हो । नेपाली मूलका भारतीय रिजालले प्रकाशित गरेको यो पुस्तकको लोकार्पण मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले गरेका हुन् ।

सुपारी जोन समिति झापाका अध्यक्ष नीलकण्ठ तिवारी प्रकाशक रहेको सो पुस्तकको लोकार्पण समारोहमा कृतिको समीक्षा साहित्यकार तथा शिक्षक ज्ञानेन्द्र ढुंगानाले गरेका थिए । ११८ पृष्ठको सो पुस्तकमा सुपारी खेती तथा उद्योगका विषयमा महत्वपूर्ण वर्णन गरिएको समीक्षक ढुंगानाले बताए ।

नेपाल सुपारी खेती विकास संस्थाका संस्थापक अध्यक्ष दुर्गालाल श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा मेचीनगरकी उपप्रमुख मीना उप्रेती, कञ्चनजंघा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारी, उपभोक्ता जागरण अभियानका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली, कृषि ज्ञान केन्दका विज्ञ शालिकराम भट्टराई, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्राविधिक रविन निरौलालगायतले कृतिमा आधारित भएर मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्