काठमाडौं । युक्रेनमाथि अतिक्रमणका क्रममा आफ्नो सेनामा भएको क्षतिबारे रुसी रक्षा मन्त्रालयले पहिलो पटक विवरण सार्वजनिक गरेको छ ।
बिबिसीका अनुसार रुसले युक्रेनमाथि आक्राणणका क्रममा करिब ५०० सैनिकको मृत्यु भएको छ भने झन्डै १,६०० घाइते भएका छन् । तर, विश्लेषकहरूले त्यो संख्या निकै बढी हुनसक्ने बताएका छन् ।
यद्यपि, हताहत हुने सैनिकको संख्याबारे मस्कोले दिएको विवरणबाट रुसी सेनाले युक्रेनको तर्फबाट कडा प्रतिवादको सामना गर्नुपरेको देखाएको विश्लेषकहरूको ठहर छ ।