Logo
Logo

युरोपकै ठूलो आणविक ऊर्जा केन्द्र रुसको कब्जामा


2.2k
Shares

एजेन्सी । युक्रेनमा रहेको युरोपकै सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र रुसी सेनाले कब्जा गरेको छ । युक्रेनी निकायहरुका अनुसार युक्रेनको दक्षिण-पूर्वी क्षेत्रमा रहेको उक्त ऊर्जा केन्द्र नजिकै रुसी सैनिकले लगातार गरेर कब्जा गरेको हो ।

त्यहाँ परिचालित कर्मचारीहरूले ऊर्जा केन्द्रको अवस्थाबारे बुझिरहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ । उनका अनुसार केन्द्रका कर्मचारीहरूले त्यहाँ रहेको पावर युनिटहरूको अवस्थाबारे निरीक्षण गरिरहेका छन् ।

कब्जा गर्नुभन्दा केहि समयअघि रुसी सेनाले उक्त ऊर्जा केन्द्रनजिकै आक्रमण गर्दै युरोपकै सबैभन्दा ठूलो उक्त परमाणु ऊर्जा केन्द्रमा आगो लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्