Logo
Logo

कुमारी बैंकको कार्डबाट भुक्तानी गर्दा ह्याम्स्को सेवा शूल्कमा छुट


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र हस्पिटल फोर अड्भान्स्ड एण्ड मेडिसिन सर्जरी (ह्याम्स)बीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ ।

कुमारी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी र ह्याम्स्का अध्यक्ष आरएस भण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार, हस्पिटलका विभिन्न स्वास्थोपचार सेवा शुल्कमा ग्राहकवर्गले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

हालसम्म कुमारी बैंकले आफ्ना देशव्यापी ९३ शाखा सञ्जाल, ८७ एटिएम तथा ३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्