Logo
Logo

‘रुसी सेनालाई समाप्त पारिदिन्छौं’


3.2k
Shares

काठमाडौं । युक्रेनका राष्ट्रपतिका एक सल्लाहकार एलेक्सेई एरेस्तोभिचले रुसी सेनालाई परास्त गर्ने दाबी गरेका छन् । उनले फेसबुकमा एक लामो सन्देश पोष्ट गर्दै युक्रेनी सेना र जनताको प्रतिरोधले रुसी सेनालाई समाप्त पारिदिने दाबी गरेका हुन् ।

युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की

रुसी सेना बलियो नभई विशालमात्र रहेको भन्दै उनले लेखेका छन्, ‘हामीले एक खास रणनीति बनाएका छौं, जसको प्रभाव देखिएको छ ।’ उनले युक्रेन भाग्यले वा संयोगले मात्र नजोगिएको बताउँदै उनले भनेका छन्, ‘विदेशी रक्षा अधिकारी युक्रेनको सेनाको शक्ति र नेतृत्व देखेर चकित परेका छन् ।’

रुसले युक्रेनमा आक्रमण गर्दा तयारीका लागि आफूहरुसँग धेरै समय नभए पनि युद्ध क्षेत्रमा आफूहरु सफल भएको दाबी गर्दै राष्ट्रपतिका सल्लाहकार एरेस्तोभिचले भनेका छन्, ‘पुटिनका १० मध्ये ८ सेना युक्रेनमा छन् । तिनीहरुलाई हामीले यहीं पुरिदिने छौं ।’

प्रतिक्रिया दिनुहोस्