काठमाडौं । नारी दिवसको अवसर पारेर ई(कर्मस स्मार्टडोकोले ‘वुमनस् डे अफर’ ल्याएको छ ।
स्मार्टडोकोले नारी लक्षित सामानहरुमा ४० प्रतिशतसम्म छुट प्रदान गर्ने जनाएको छ । साथै महिलाहरुले न्यूनतम दुई हजारको किनमेल गर्दा दुई सय रुपैया सम्मको ‘गिफ्ट कार्ड’ पाउन सक्नेछन् ।
योजना अन्र्तगत ‘ट्याग एण्ड वीन’ कार्यक्रम समेत संचालन गरिएको छ । उक्त योजना अन्र्तगत २ जना भाग्यशालीले स्मार्टडोकोको इन्सटाग्राममा कमेन्ट गरि स्मार्टडोकोबाट आकर्षक उपहार जित्ने मौका पाउने छन् ।
यो योजना २२ फागुन २०७८ देखि फाल्गुन २४ फागुत २०७८ सम्म लागू हुने स्मार्ट डोकेले जानकारी दिएको छ ।
स्मार्टडोकोले Earth Rhythm, Mamaearth, Tresemme, Victoria’s Secret, Dot & Key र अन्य धेरै ब्रान्डहरुमा ४० प्रतिशतसम्म छुटसहित महिला लक्षितसामानहरुमा उत्कृष्ट डिल र छुटहरु प्रदान गर्दैछ ।
स्मार्टडोकोसँग हाल १० हजारभन्दा बढी उत्पादनहरु रहेका छन् । जस्मा ग्राहकले सजिलैसँग बेबी केयर, इलेक्ट्रोनिक्स, फू्रड एण्ड ग्रोसरिज, तथा विभिन्न प्रकारका सामान खरिद गर्न सक्नेछन् ।
ग्राहकहरुले आफ्नो मनपर्ने सामानहरु एन्ड्रोइड र आइओएस दुबैमा स्मार्टडोको एप डाउनलोड गरी वा अनलाइनमार्फत् पनि अर्डर गर्न सक्नेछन् । स्मार्टडोकोका ग्राहकहरुलाई काठमाडौं उपत्यकाको रिङरोडभित्र तुरुन्त डेलिभरी र काठमाडौं उपत्यका बाहिर नेपालका ७७ जिल्लामा डेलिभर सेवा उपलब्ध गराइएको छ ।