काठमाडौं । नेपालभर डीटीएच र इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले हात्तीगौँडा, बूढानीलकण्ठमा पनि सह–वितरण शोरुम खोलेको छ ।
फागुन २२ गतेदेखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो शोरुमको सीएम ट्रेडिङ्गअन्तर्गत रहेको लक्की ग्यालरीले सञ्चालन गर्नेछ ।
शोरुम उद्घाटनमा डिशहोमका तर्फवाट क्षेत्रीय बिक्री प्रबन्धक उज्वल न्यौपाने, सेल्स अफिसर मदन सापकोटा, सागर नारायण जोशी, मार्केटिङ्ग अफिसर अनिल ठाकुर र सीएम टे्रडिङ्गका तर्फबाट गोपाल मान श्रेष्ठ, सेल्स अफिसर प्रकाश श्रेष्ठ र विक्रम लामाको उपस्थितिमा सम्पन्न भएको थियो ।
लक्की ग्यालरीले विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा, ग्राहकहरुमाझ पुर्याउँदै आएकोले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा पनि गर्नेछ ।
१ हजारभन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको लक्की ग्यालरी अब अझ बढी ग्राहकहरुमाझ पुग्नको लक्ष्यका साथ काम गर्ने लक्की ग्यालरी सञ्चालक राजन श्रेष्ठले जानकारी दिए ।