काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको राजधानी किभलाई दुई दिनमै कब्जा गर्ने योजना बनाएको अमेरिकी गुप्तचर निकाय सीआईएका प्रमुख विलियम बर्नसले बताएका छन् ।
मंगलबार एउटा संसदीय सुनुवाइको क्रममा बोल्दै बर्नसले अमेरिकी सांसदहरूलाई चेतावनी दिँदै ‘मलाई लाग्छ अहिले पुटिन आक्रोशित र हताश छन् । गैरसैनिक हताहत हुने कुरालाई बेवास्ता गर्दै उनले अझ बल गरेर युक्रेनी सेनालाई दमन गर्ने प्रयास गर्न सक्ने सम्भावना छ ।’
पुटिन ‘धेरै वर्षदेखि गुनासो र महत्वाकांक्षाको एउटा ज्वलनशील मिश्रणमा’ तड्पिएको उनको भनाइ थियो । फेबु्रअरी २४ मा युक्रेनमाथि भएको रुसी पुटिनको ‘गहिरो निजी दृढ विश्वास’का कारण भएको उनले टिप्पणी गरे । –बिबिसी