Logo
Logo

उदयपुरको कटारीमा ग्लोबल आइएमई बैंकको शाखा


630
Shares

उदयपुर । ग्लोबल आइएमई बैंकले उदयपूरको कटारीबाट पनि सेवा प्रवाह सुरु गरेको छ ।

मंगलबार कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउत, कटारी उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कर खड्का र हिमगिरि सप्लायर्स तथा ट्रेडर्स कटारीका संस्थापक प्रयाश कार्कीले संयुक्तरुपमा शाखाको उद्घाटन गरेसँगै सेवा प्रारम्भ भएको हो ।

‘सबैका लागि बैंक’ भन्ने नाराका साथ ग्लोबल आइएमई बैंकले देशका विभिन्न शहरी तथा ग्रामिण क्षेत्रहरुमा सेवा विस्तार गरी आम जनतालाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

कटारी शाखाले त्यहाँका स्थानीय वासिन्दा, साना किसान तथा व्यवसायीहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्ने बैंकले विश्वास लिएको छ ।

ग्लोबल आइएमई बैंकले देशभर २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुकबाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्