Logo
Logo

एमाले निकट कानून व्यवसायी पनि चोलेन्द्रविरुद्ध महाअभियोगकै पक्षमा


2.6k
Shares


काठमाडौं । नेकपा(एमाले) निकट कानून व्यवसायी पनि प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराविरुद्ध अघि बढेको महाअभियोगकै पक्षमा उभिएका छन् । आसन्त नेपाल बार एशोसियनको निर्वाचनमा उनीहरुले आफ्नो प्रष्ट धारणा राख्दै चोलेन्द्रको विपक्षमै रहने सार्वजनिक रुपमा बताएका छन् ।


बार एशोसियसनको निर्वाचनमा एमाले निकट प्रगतिशिल तथा पेशागत कानून व्यवसायीको तर्फबाट उम्मेदवारी दर्ता भइसकेको छ। निर्वाचनमा प्रगतिशिलविरुद्ध सत्तारुढ दल निकट कानून व्यवसायीबीच प्रतिस्पर्धा हुँदैछ ।


उम्मेदवारी दर्तासँगै उम्मेदवारहरु प्रचार प्रसारमा लागेका छन् । जसक्रममा प्रगतिशिलतर्फका कानून व्यवसायीले पनि न्यायलयको शुद्धीकरणका लागि चोलेन्द्रविरुद्ध महाअभियोग पास गर्नुपर्ने पक्षमा लागेका छन् । प्रगतिशिलबाट महासचिवका उम्मेदवार रहेका केदार कोइराला न्यायालयमा शुद्धीकरणका लागि चोलेन्द्रशमशेर जबराविरुद्ध अघि बढेको महाअभियोगकै पक्षमा आफुहरु रहेको बताए । यसले एमालेलाई पनि महाअभियोग पास गर्न थप दबाब बढेको छ ।


प्रगतिशिलबाट को–को छन् उम्मेदवार ?

अध्यक्षः बरिष्ट अधिवक्ता बिष्णुमणि अधिकारी

प्रदेश १ उपाध्यक्ष : रोहित डाङ्गि

मधेश प्रदेश उपाध्यक्ष : केशव दास

बाग्मती प्रदेश उपाध्यक्ष: डिल्लीराम मैनाली

गण्डकी प्रदेश उपाध्यक्ष: भुपेन्द्र खनाल

लुम्बिनी प्रदेश उपाध्यक्ष : बासुदेब ज्ञवाली

कर्णाली प्रदेश उपाध्यक्ष :बिष्णु प्रसाद तिमिल्सिना

सुदुर पश्चिम प्रदेश उपाध्यक्ष :चन्ख बहादुर सावद ( सिबी)

महिला उपाध्यक्ष : रमा श्रेष्ठ

महासचिव : केदार प्रसाद कोइराला

कोषाध्यक्ष : जगत बहादुर कार्की

सदस्य :

दलित: कुन्जनि परियार ‘प्यासी’

मधेसी/ मुस्लिम :१.उपत्यका बाहिर: नरसिह चौधरी २.उपत्यका भित्र खुला: सुवासचन्द्र झा

आदिवासी जनजाति : १.खुला : दिलकुमारी राइ २.उपत्यका बाहिर: .शशी कुमारी श्रेष्ठ

महिला सदस्य १. उपत्यका बाहीर : अ. इन्दिरा आचार्य२.महिला / खुला :अ. मनिका खड्का

खुला ७ जना १. गणेश वलि (उपत्यका बाहिर)२. कुबेर घिमिरे ३.युवक कुमार गौतम ४ अर्जुन खड्का ५.अनिल श्रेष्ठ ६.तारा कुमार श्रेष्ठ ७. हरि पङ्गेनी

प्रतिक्रिया दिनुहोस्