काठमाडौं । नबिल बैंकले आज (आइतबार) जरंखु, शंखमुल, ठैब र गोंगबु जालपामा गरी चार नयाँ शाखाको काठमाडौं उपत्यकामा एकसाथ उद्घाटन गरेको छ ।
नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल र तारर्केश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराले संयुक्तरुपमा जरंखु शाखा, बैंक सञ्चालक मलय मुखर्जी र काठमाडौं महानगरपालिका–१० शंखमूलका कार्यवाहक वडाध्यक्ष रोहिनी श्रेष्ठले संयुक्तरुपमा शंखमूल शाखा, बैंक सञ्चालक आशा राणा अधिकारी र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले संयुक्तरुपमा ठैब शाखा तथा बैंकका सञ्चालक उदयकृष्ण उपाध्याय र टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले संयुक्तरुपमा गोंगबु जालपा शाखाको उद्घान गरेका थिए ।
उद्घाटन कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य, बैंकका वरिष्ठ पदाधिकारी तथा स्थानीय बासिन्दाको उपस्थितिमा एकैसाथ चार नयाँ शाखा उद्घाटन गरिएको हो । बैंकले चारैवटा नयाँ शाखा एकै समयमा उद्घाटन गर्ने कार्यक्रम बनाएको थियो ।
विगत ३७ वर्षदेखि ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको नबिल बैंकको नयाँ शाखाले ग्राहकलाई पूर्णरुपमा अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्नेछ । मुलुककै अग्रणी बैंकमध्येको एक नबिल बैंकले समाज र विभिन्न वर्गका बैंकिङ आवश्यकताहरू पूरा गर्नका निम्ति देशका विभिन्न क्षेत्रमा आफ्नो सञ्जाल विस्तार गर्दै आइरहेको छ ।
फागुन २९ गते आइतबार उद्घाटन भएका चार नयाँ शाखासँगै नबिलको शाखा कार्यालय १४१ पुगेको छ । बैंकले १८७ एटिएम र ए हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्टबाट देशभर सेवा प्रदान गर्दैै आइरहेको छ । बैंक आफ्ना सेवाग्राही तथा ग्राहकलाई पूर्ण वित्तीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ ।
देशकै अग्रणी तथा आम लगानीकर्तालाई उच्च प्रतिफल दिन सफल बैंक नबिलले उत्पादनमूलक क्षेत्र तथा युवालाई प्राथमिकतामा राखेर बैकिङ सेवा प्रदान गर्नुका साथै पर्यावरण र मानव समाजलाई सहयोग पुग्ने क्षेत्रमा आफ्नो लगानीलाई विस्तार गर्ने प्रतिवद्धता गरेको छ ।