काठमाडौं । रुसले युक्रेनलाई हतियार उपलब्ध नगराउने अमेरिकालाई चेतावनी दिएको छ । रुसका उपविदेशमन्त्री सर्गेई -याब्कोभले युक्रेनलाई अस्त्र आपूर्ति गर्ने पश्चिमा देशका वाहनहरूलाई रुसी सेनाले ‘निसाना’ बनाउन सक्ने चेतावनी दिएका हुन् ।
‘हामीले अमेरिकालाई केही देशबाट युक्रेनमा अस्त्र पठाउने योजना केवल खतरनाक कदम मात्र नभएको बरु त्यस्तो कदमले ती वाहनहरूलाई रुसको वैधानिक निसाना बनाउन सक्ने चेतावनी दिएका छौँ’ उनले रुसी सरकारी टीभीमा बोल्दै भने ।
बिबिसीका अनुसार युक्रेनलाई हवाई प्रतिरक्षा प्रणाली र ट्यांकभेदक क्षेप्यास्त्र पठाइनु ‘दुस्साहस’ भएको र अमेरिकाले रुसको चेतावनीलाई गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ थियो ।