Logo
Logo

प्यूठानमा कांग्रेसको अभियान सुरु


315
Shares


प्यूठान । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेसले प्यूठानमा ‘कांग्रेस घर घर जाउ कांग्रेस जिताउ’ अभियानलाई व्यापकता दिएको छ । नेपाली कांग्रेस प्युठान प्रदेश ‘ख’ले सोमबार अभियान अन्र्तगत विभिन्न कार्यक्रम गरेको छ ।


पार्टीका प्रदेश सभापति रोज राणाले स्थानीय चुनाबका नेताको निकटताका आधारमा नभई कार्यसम्पादन मूल्याङकनका आधारमा टिकट दिइने बताएका छन् ।


पहिलेको स्थानिय चुनाबका राम्रो काम गर्नेहरु दोहोरिने उनको भनाई छ । गुटगत राजनिती गर्ने , पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने पार्टी निर्णय बिपरित जाने जोकोहिलाई पनि पार्टीको ति अनुसार कारबाही गरिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्