Logo
Logo

भगौडा डिआइजीमा बढुवा


3.8k
Shares

काठमाडौं । सशस्त्र प्रहरीमा केही क्षमतावान अधिकृतहरू वर्षाैदेखि एउटै पदमा छन्, तर माथिल्लो तहमा भने क्षमताहिनहरुको बाहुल्यता बढेको छ । ६ वर्षअघिको टिकापुरका घटनाका कमजोर कमाण्डर हाल डिआइजी भएका छन् ।

आठ प्रहरी एक बालक आन्दोलनकारीबाट निर्मत मारिएको सो घटनामा सशस्त्र प्रहरी मैदानबाट नभागेको भए त्यत्रो क्षती हुने थिएन । तर, आन्दोलनकारीले आक्रमण सुरु गरेलगत्तै सशस्त्र प्रहरीका एसपी लक्ष्मण बहादुर सिंह नै मैदान छाडेर भागेपछि अन्य सशस्त्र प्रहरी कर्मचारी भागेका थिए । आन्दोलनकारीलाई सम्झाउन खोज्ने क्रममा एसएसपी लक्ष्मण न्यौपाने लगायतमाथि आन्दोलनकारीले भाला हानेर हत्या गरेका थिए ।

सो घटनामा सशस्त्र प्रहरीको कमजोेरी औंल्याउँदा लाल आयोगले कमाण्डरमाथि कारबाहीको सिफारिस गरेको थियो । तर, अहिलेसम्म कारबाही भएन । सिंह प्राविधिक पृष्ठभूमिका भएकाले भिड नियन्त्रणको पर्याप्त ज्ञान र अनुभव थिएन । जसकारण पनि टिकापुर घटनामा नरसंहार भएको सुरक्षा बिश्लेषण छ । उनै सिंह पुरस्कृत हुँदै हाल डिआइजी भएका छन् । सशस्त्रमा दर्जनौं तालिम गरेका र डबल डिग्री गरेका अधिकृतहरु भने माथि उठ्नै नसक्ने अवस्था सिर्जना भएको छ । करिअर प्लानिङ नहुँदा यस्तो अवस्था आएको हो । हालै केही पद थपिए पनि चलखेलका कारण ती पदमा बढुवा प्रक्रिया सुरु हुन सकेको छैन ।

उता, सशस्त्रको २१ दिन आइजिपीका लागि एआइजीद्वय पुष्पराम केसी र रामशरण पौडलबीच टकराव बढेको छ । उनीहरुले एक अर्काविरुद्ध उजुरी हाल्नेसम्मका गतिविधि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्