Logo
Logo

के–के छन् एनआईसी एसियाको सर्वश्रेष्ठ तीन बचत खाताका फाइदा


378
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न सुविधा तथा फाइदासहितका बचत खाता योजना ल्याएको छ । बैंकले ग्राहकलाई सहज तथा सरल सेवा दिने उद्देश्यले एनआइसी एसिया गुडविल एम्बासडर, द प्राइड अफ एनआइसी एसिया र द पार्टनर अफ एनआइसी एसिया लगायतका बचत खाता योजना ल्याएको हो ।

जसमा हाल व्याजदर ८.०३ प्रतिशत तोकिएको छ । बैंकले एनआइसी एसिया गुडविल एम्बासडरमा न्यूनतम मौज्दात २० हजार, द प्राइड अफ एनआइसी एसियामा १० हजार र द पार्टनर अफ एनआइसी एसियामा न्यूनतम ५ हजार रुपैयाँ मौज्दात तोकेको छ । बैंकले यस्ता खाता योजनामा आकर्षक बीमा सुविधा पनि दिने जनाएको छ ।

बैंकहरूले आफ्नो बैंकमा खाता खोल्ने खातावालालाई मात्र एक वर्षको लागि बीमा फाइदा उपलब्ध गराउँदै आएका छन् । एनआईसी एसिया बैंकले यसअघि खातावाललाई मात्र एक वर्षका लागि बीमा फाइदा उपलब्ध गराउँदै आएकामा आम जनमानसको आवश्यकता, चाहना र अपेक्षाको पहिचान गरी थप फाइदासहित पाँच वर्षका लागि बीमा फाइदा उपलब्ध गराउन थालेको छ ।

बैंकले यी तलब बचत खाता खोल्ने ग्राहकको लागि ८४ लाख रुपैयाँसम्मको बीमा फाइदा उपलब्ध गराएको छ । एनआईसी एशिया गुडविल एम्बेसडर तलब बचत खातामा ८४ लाख रुपैयाँसम्मको बीमा फाइदा उपलब्ध छ । गुडविल एम्बेसडर तलब खाता हुने कर्मचारीले आफू एवं आफुले सिफारिस गरेका ३ व्यक्ति गरी चार जना बराबरको ४० लाखको दुर्घटना बीमा, ४० लाखको घातक रोक बीमा र ४ लाखसम्मको औषधोपचार बीमा पाउनेछन् ।

द प्राइड तलब बचत खाता खोल्ने ग्राहकले ४२ लाख रुपैयाँको बीमा फाइदा प्राप्त गर्नेछन् । यसमा दुर्घटना बीमाको लागि २० लाख, घातक रोग बीमा २० लाख र औषधि उपचारको लागि २ लाख रुपैयाँ बीमा रकम उपलब्ध गराइएको छ । औषधोपचार बीमाको २ लाखमध्ये अस्पताल भर्ना भएको अवस्थामा १ लाख ६० हजार रुपैयाँ र ओपीडीको लागि ४० हजारर रुपैयाँ बीमावापत उपलब्ध गराइने छ । यस्तो फाइदा खातावालाले आफूले मात्र प्रयोग गर्ने छैन् ।

यस्तै पार्टनर तलब खाता खोल्ने ग्राहकले २१ लाख रुपैयाँ बराबरको बीमा फाइदा पाउने छन् । जसमा दुर्घटना बीमा १० लाख, घातक रोक बीमा १० लाख र औषधोपचार बीमा १ लाख रहेको छ । औषधोपचारको १ लाख बीमामध्ये ओपीडी उपचारको लागि २० हजार रुपैयाँ र अस्पताल भर्नाको लागि ८० हजार रुपैयाँ तोकिएको छ । पाँच वर्षसम्म उपलब्ध हुने यो बीमा फाइदा यस खाताको बीमा भने खातावालाले मात्र प्रयोग गर्न पाउनेछन् ।

कर्जासम्बन्धी फाइदा

तलब बचत खातामा ग्राहकको लागि तीन वटै खातामा रहेको औषत रकमको १० गुणाबढीसम्म कर्जा पाउने फाइदा रहेको छ । जस्तो कि ग्राहकले आफ्नो खाताको ३ महिनाको औषत मौज्दातको १० गुणबढी पूर्व स्वीकृति कर्जा पाउनेछन् । यो फाइदा गुडविल एम्बेसडर, प्राइड र पार्टनर तीनै खातामा उपलब्ध रहेको छ । यो कर्जा सीमामा आधार दरमा लाग्ने प्रमियम शुल्क १ र कर्जा प्रशासनिक शुल्क ०.२५ रुपैयाँ रहेको छ ।

प्रिभिलेज बैंकिङ

एनआईसी एशिया बैंकले आफ्ना सेवा र फाइदा आफूले तोकेको समयावधि भित्रै उपलब्ध गराउने सत प्रतिशत ग्यारेन्टी लिएको छ । तोकेको समयभन्दा छिटो सेवा नभएमा ग्राहकलाई क्षतिपूर्तिको दिने घोषणा पनि बैंकले गरेको छ । जस्तो कि कुनै पनि सेवाको लागि बैंकले तोकेको समयभन्दा आधा समयभित्र सेवाहरू उपलब्ध हुने छन् । बैंकले अर्को ग्यारेन्टी के गरेको छ भने निर्धारित सेवा प्रवाह समयभन्दा बढी समय कुर्नु परेमा प्रति केसको लागि १० रुपैयाँको क्षतिपूर्ति दिइनेछ । यो तीनवटै खाताको लागि राखिएको छ । यी खाताको लागि डेडिकेटेड रिलेसनसिप म्यानेजमेन्ट उपलब्ध गराएको छ । सेवा प्रवाहको लागि बैंकले तोकेको समयको ५०५ समय भित्र सेवा प्रदान गरिने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्