Logo
Logo

डिआइजीको तीन पदमा ४६ एसएसपीको प्रतिस्पर्धा


237.2k
Shares


काठमाडौं । नेपाल प्रहरीमा एआइजीको बढुवा सिफारिस भएसँगै डिआइजी बढुवाको बाटो खुलेको छ । तर, डिआइजी बढुवा एआइजी भन्दा पेचिलो हुने देखिएको छ ।


रिक्त हुने डिआइजीको तीन पदमा ४६ एसएसपीबीच प्रतिस्पर्धा छ । अब बढुवा हुनेमध्ये १ वर्षपछि आइजिपी चयन हुने भएकाले पनि यो बढुवामा अस्वभाविक चलखेल देखिएको छ ।

बरिष्ठता र निष्पक्षताका साथ बढुवा गरेमा सिनियर टोलीका एसएसपी डिआइजी हुनेछन् । जसमा नलप्रसाद उपाध्याय, मोहन कुमार आचार्य, राजेन्द्र प्रसाद चौधरी, मसाउँद आलम खाँ र प्रदिप कुमार श्रेष्ठ छन् । यसअघि पनि बढुवामा छुटेका उनीहरू अहिले पनि बढुवाको प्रतिस्पर्धामा कमजोर देखिएका छन् । किनकी उनीहरुपछिको एक सय ८ को टोलीका अधिकृत राजनीतिक पहुँचमा शक्तिशाली छन् ।


डिआईजी बढुवाको सबैभन्दा बलिया १७ जना छन् । जसमा सन्दीप भण्डारी, टेक प्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, रामदत्त जोशी, दिपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोख्रेल, टेक बहादुर तामाङ, बसन्त बहादुर कुँवर र भिम प्रसाद ढकाल छन् । उनीहरु तीन वर्षअघि एकैपटक एसएसपी भएका हुन् ।


उनीहरुपछि १७ जनाको टोली छ । जसमा वीरेन्द्र कुमार बस्याल, जनक भट्टराई, विष्णु कुमार केसी, भरत बहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह, रबिन्द्र केसी, राजेशलाल बाँस्तोला, किरण राणा, नवराज भट्ट, लालमणि आचार्य, यज्ञबिनोद पोखरेल, हृदय थापा र चन्द्रकुबेर खापुङ छन् ।


त्यस्तै गत वर्ष मात्र बढुवा भएका कृष्ण कुमार महत, गोविन्द कुमार साह, उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्र प्रसाद मैनाली, कृष्णहरी शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुइँटेल र मोहन प्रसाद पोख्रेल छन् । उनीहरुको टोलीको सम्भावना कमजोर छ ।


आगामी १८ बैशाखमा नियुक्त हुने महानिरीक्षकले ११ चैतमा अवकाश पाउँछन् । त्यसपछिको आइजिपीमा अहिले १०८ र ११० को टोलीबाट हुनेछ । सोही कारण एआइजीभन्दा डिआइजी बढुवा पेचिलो बनेको हो । अर्काेतर्फ जुनियरहरु पैसा बोकेर बढुवाको दौडधुपमा लागेकाले पनि केही इमान्दार अधिकृतमाथि अन्याय हुने सम्भावना बढेको छ ।


तीन वटा पदमा मात्र बढुवा गर्न कठिन भएकाले चुनावपछि मात्र डिआइजी बढुवा हुने सम्भावना रहेको गृह मन्त्रालयका एक अधिकारी बताउँछन् । चुनावपपछि डिआइजीका दुई दर्जन पद रिक्त हुनेछन् । त्यस्तो अवस्थामा बढुवाका मुख्य दाबेदारहरुलाई प्रदेश प्रहरी कार्यालयको इन्चार्जमा पठाउनेबारे समेत छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्