काठमाडौं । मूल्य अभिबृद्धि कर र आयकर समेत छली गरेको आरोपमा तीन जनाविरुद्ध राजश्व छलीको मुद्दा दायर भएको छ ।
राजश्व अनुसन्धान विभागले सौगात इन्टरनेशनलका सञ्चालक दीपक कुमार देउजा, सो कम्पनीको खाता सञ्चालक मोहन प्रसाद भट्टराई र लेखापरीक्षक सुनिलमान शाक्यविरुद्ध मुद्दा दायर गरेको हो ।
उनीहरुले नक्कली बिलबिजक जारी गरी ८ करोड २१ लाख ७२ हजार कर छली गरेको र त्यही बराबर बिगो र जरिवाना गरी १६ करोड ४३ लाख बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।