इस्लामावाद, २ असार (एएनआई) । पाकिस्तानको सेनाले लेफ्टीनेन्ट जनरल फैज हमीदलाई पाकिस्तानको शक्तिशाली गुप्तचर निकाय ९आइएसआई० को नयाँ महानिर्देशकमा नियुक्त गरेको छ ।
पाकिस्तानी सेनाले आइतबार जारी गरेको विज्ञप्तिमा आइएसआईका वर्तमान प्रमुख लेफ्टीनेन्ट जनरल आसिम मुनिरको स्थापनमा हमिदलाई नियुक्त गरिएको उल्लेख छ । लेफ्टीनेन्ट जनरल नवीद मुख्तारको अवकाश पछि नियुक्त हुनुभएका मुनिरलाई आठ महिनापछि नै हटाइएको छ ।
हमिदले यसअघि आइएसआईको प्रतिजासुसी विभागको प्रमुखका रुपमा सेवा गरिसक्नु भएको छ । उनी गत अप्रिल १२ मा लेफ्टीनेन्ट जनरलमा पदोन्नति भएका थिए ।
सन् १९५० मा स्थापना भएको आइएसआईलाई पाकिस्तानी हित र राष्ट्रिय सुरक्षाका मामिलामा देश भित्र र बाहिर गुप्तचरी गर्ने प्रमुख जिम्मेवारी दिइएको थियो । यसको प्रधान कार्यालय हाल इस्लामावादमा रहेको छ ।