Logo
Logo

सिनियर डिआईजीमाथि पटक–पटक अन्याय


8.2k
Shares


काठमाडौं । नेपाल प्रहरीमा एआइजीको बढुवा यसपटक पनि विवादमा परेको छ । व्यवसायिक छवी भएका सिनियर डिआइजीहरु छुटेपछि बढुवा विवादमा परेको हो ।


गत मंगलबार बसेको बढुवा समितिको बैठकले तीन डिआइजीलाई एआइजी बढुवामा सिफारिस गरेको थियो । जसमा एक सिनियर तथा दुई जुनियर ब्याचबाट छन् । चरम चलखेल र राजनीतिकरण गरेर बढुवा सिफारिस गरेको भन्दै सिनियर डिआइजीहरु उजुरी हाल्ने तयारीमा जुटेका छन् ।


सिनियर ब्याचबाट बसन्त पन्त तथा जुनियरबाट धिरजप्रताप सिंह र रबिन्द्र धानुक परेका छन् ।


सिनियर ब्याचका घनश्याम अर्याल, प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की बढुवामा अटाउन सकेननन् । यसअघि पनि उनीहरुलाई अन्याय गरी जुनियर ब्याचका दुई डिआइजीलाई एआइजीमा बढुवा गरिएको थियो । जुनियर ब्याचका पनि केही क्षमतावान अधिकृत छुटेका छन् । जसले प्रहरी नेतृत्वमा एआइजी बढुवाप्रति चरम असन्तुष्टि देखिएको छ । ‘संगठनमा अब वरिष्ठता र इमान्दारीताको कलिकति पनि मूल्याङकन हुनै छाड्यो,’ एक प्रहरी अधिकारी भन्छन्,‘यो अवस्थाले त प्रहरी अब पूर्ण रुपमा नेताहरुको खेलौना बनेको छ ।’ यस्तो चलखेलमा प्रहरी महानिरीक्षक मुशकर्दशक बनेको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्