काठमाडौं । चार महिनाअघि कारबाहीस्वरुप सरुवा गरिएका सचिवलाई सरकारले अहिले पुरस्कृत गरेको छ । सचिव रमेश प्रसाद सिंहलाई सहरी विकास मन्त्रालयबाट पाँच महिनाअघि हटाएर प्रधानमन्त्री कार्यालयमा जिम्मेवारी नदिई राखिएको थियो । मन्त्रालयमा गिरोह चलाएको आरोप उनीमाथि लागेको थियो ।
बिहीबारको मन्त्रिपरिषद्ले फेरि उनलाई सहरी विकास मन्त्रालयमै सरुवा गरेको छ । विभिन्न शक्तिकेन्द्र धाएर सिंहले प्रधानमन्त्री निकटलाई प्रभावमा पारी सहरी विकासमा सरुवा भएका हुन् । सचिव सिंह सहरी विकासमा हुने ठेक्कामा सेटिङमार्फत अकुत कमाएका सचिवका रुपमा चिनिन्छन् ।
सहरी विकासका सचिव मणिराम गेलाललाई हटाइएको छ ।