Logo
Logo

माछापुच्छ्रे बैंकद्धारा गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई सिसीयू वार्ड हस्तान्तरण


252
Shares

काठमाडौं । माछापुच्छ्रे बैंकले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा सिसीयू वार्ड निर्माण गरी अस्पताललाई हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत जटिल प्रकृतिका मुटुरोगीको उपचारमा सघाउ पु¥याउने उद्देश्यका साथ स्थापना गरेको उक्त २४ शैयाको सिसीयू वार्ड अस्पताललाई हस्तान्तरण गरेको हो ।

गत मंगलबार आयोजित एक कार्यक्रमबीच बैंकका अध्यक्ष डा. वीरेन्द्र महतोले सिसीयू वार्डको केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीलाई हस्तान्तरण गरेका हुन् । सिसीयू वार्ड हस्तान्तरण कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य रोशन केसी, विश्वप्रकाश गौतम, मुकुन्द महत, हरिभक्त सिग्देल, बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालगायत उच्चपदस्थ कर्मचारीको उपस्थिति थियो ।

माछापुच्छ्रे बैंकले विशुद्ध बैंकिङ सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएको थियो । त्यस्तै बैंकले बिभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिमा पनि सरकारलाई सहयोग गर्दै आएको छ । बैंकले देशका हरेक वर्ग र समुदायमा सेवा पु¥याउने उद्देश्यले १६४ शाखा, आठ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ सेवा, २०३ एटिएममार्फत १३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्