काठमाडौं । रुस-युक्रेन युद्ध सुरु भएयता २० लाख मानिस युक्रेनबाट भागेर पोल्यान्ड पुगेको त्यहाँको सीमा रक्षा निकायले जनाएको छ ।
उक्त संख्या शुक्रबार जीएमटी समयअनुसार ८ बजे २० लाख पुगेको पोलिस बोर्डर गार्ड एजेन्सीले आफ्नो ट्विटर खातामा लेखेको छ । त्यसमध्ये अधिकांश महिला र बालबालिका रहेको बताइएको छ ।
वार्स विश्वविद्यालयका एक आप्रवासन अनुसन्धान प्राध्यापकका अनुसार पोल्यान्डबाट पाँच लाखभन्दा बढी व्यक्ति अन्यत्र गइसकेको जनाएको बिबिसीले उल्लेख गरेको छ ।
अधिकांश मानिसहरू वार्स र क्राकाउ जस्ता ठूला शहरमा रहेको र त्यहाँका अधिकारीहरूले आवास उपलब्ध गराउने आफ्नो क्षमता कटिसकेको जनाएका अन्तर्राष्ट्रिय समाचारहरुमा जनाइएको छ ।