Logo
Logo

नबिल बैंक र नेपाल मोबाइल वितरक संघबीच सम्झौता


189
Shares

काठमाडौं । नबिल बैंकले साना तथा मझौलास्तरका मोबाइल बिक्री वितरण गर्ने व्यवसायीको वित्तीय आवश्यकता समाधान गर्ने उद्देश्यले नेपाल मोबाइल वितरक संघसँग सम्झौता गरेको छ । सम्झौताअन्तर्गत मोबाइल वितरकको सञ्जालमा रहेका खुद्रा विक्रेतालाई लक्ष्य गरी बैंकले आकर्षक ब्याजदर र धितो अनुपातमा चालु पूँजीमा लगानी गर्ने उद्देश्यका साथ च्यानल फाइनान्सिङ कर्जा सुविधा उपलब्ध गराउने भएको छ ।

बैंकले व्यवसायको आवश्कताबमोजिम मोबाइल वितरकले बैंकको कर्जा नीतिको अधिनमा रहेर विभिन्न बैंकिङ सेवा सुविधा प्राप्त हुने सम्झौतामा उल्लेख गरिएको छ । उक्त सम्झौतामा नबिलका तर्फबाट साना, मझौला तथा लघुवित्त कर्जा प्रमुख नीरजकुमार बस्नेत (डनिल) र नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्याड्योले हस्ताक्षर गरेका छन् ।

साझेदारीबारे बोल्दै, डनिलले नबिल बैक सदैव साना तथा मझौला स्तरका व्यवसायीको दिगो विकासका लागि समय–सान्दर्भिक कर्जा तथा सुविधा सरल र सहज किसिमले बढीभन्दा बढी व्यवसायीको पहुँचमा पु¥याउन निरन्तर लागिपरिरहेको जानकारी दिए । साझेदारीअन्तर्गत संघसँग आबद्ध भएका नेपालभरि छरिएर रहेका मोबाइल वितरक व्यवसायीको वित्तीय आवश्यकता सरल र सहज ढंगले समाधान गर्ने लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्