Logo
Logo

२० हजार प्रहरीको बढुवा गर्न नियमावली संशोधन हुँदै


113.8k
Shares


काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक(एआइजी) पद थपेको एक महिनामा गत साता बढुवा सिफारिस भयो । तल्लो तहमा भने नयाँ दरबन्दी थपिएको तीन महिना हुन लाग्दा पनि बढुवा हुन सकेको छैन ।


१५ वर्षसम्म एउटै पदमा रहनुपर्ने समस्या समाधान गर्न भन्दै सरकारले प्रहरी नियमावली संशोधन गरी तीन वटा पद थप गरेको थियो । नायब निरीक्षक र इन्सपेक्टरको बीचमा वरिष्ठ नायब निरीक्षक तथा जवान र हवल्दारको बीचमा सहायक हवल्दार र हवल्दार र असईको बीचमा वरिष्ठ हवल्दार पद थपिएको थियो ।


प्रहरी प्रधान कार्यालयले हालकै ज्येष्ठता कायम गरी बढुवा गर्ने गर्न गृहकार्य गरेको थियो । तर, त्यसरी बढुवा गर्न ज्येष्ठताअनुसारकै अरु नम्बर मिलान नसक्ने अवस्था आएपछि प्रहरी नियमावली संशोधन नै लागिएको छ । गृह मन्त्रालयका अनुसार यसरी थपिएका नयाँ दरबन्दीमा एक पटकका लागि हालकै ज्येष्ठताअनुसार नै बढुवा गर्न लागिएको छ । ‘यसका लागि नियमावली संशोधनको प्रक्रिया अघि बढेको छ,’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले भने,‘केही दिनभित्रै यससम्बन्धि निर्णय गर्छाै ।’


नयाँ नियमावलीअनुसार करिब २० हजार प्रहरी एकैपटक बढुवा हुनेछन् । हाल जवानको दरबन्दीबाट ३३ प्रतिशत सहायक हवल्दारमा रूपान्तरण हुनेछ । जसअनुसार ४६ हजार दुई सय २९ जवानमध्ये १५ हजार चार सय दुईजना सहायक हवल्दार हुनेछन् । तीन हजार सात सय ४७ जना हवल्दार वरिष्ठ हवल्दारमा र एक हजार ७४ जना सइ वरिष्ठ सइमा बढुवा हुनेछन् । प्रहरीको तल्लो तहमा देखिएको बढुवा जामको समस्या हल गर्न नयाँ पद थपिएको हो । समयमा निर्णय नहुँदा उनीहरु मर्कामा परेका छन् । १८ बैशाखमा अवकाश पाउन लागेका महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नै कार्यकालमा बढुवा गर्ने प्रयासमा छन् । आफ्नो कार्यकालमा जुनियर प्रहरीको बढुवाको समस्या केही हदसम्म समाधान गर्न सकेको उनको जस उनले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्