Logo
Logo

आज विश्व कविता दिवस मनाइँदै


441
Shares

काठमाडौं । विश्व कविता दिवस आज साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

प्रतिष्ठानका सञ्चार तथा डायस्पोरा संयोजक शशी लुमुम्बुका अनुसार दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य/काव्य) विभागद्वारा विशेष कवि गोष्ठीको आयोजना गरिएको छ । सन् १९९९ मा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले हरेक मार्च २१ तारिखलाई विश्व कविता दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।

चार हजार वर्षअघि बेबिलोनमा पहिलो कविता रचना भएको मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्