ब्रसेल्स । सैन्य अभ्यास पछि नेटो देशहरूका तेह्र युद्धपोतहरू स्टकहोमतर्फ प्रस्थान गरेको स्वीडेनको अफ्टनब्लाडेट अखबारले उल्लेख गरेको छ ।
युद्धपोतहरूमा नौ जर्मन जहाज र बाल्टिकबाट चार जहाज समावेश छन् । ती जहाजहरू अभ्यास पछि फ्रिहम्नेन बन्दरगाहतर्फ लागेको अखबारले आइतबार स्विडेनी सेनालाई उद्धृत गर्दै जनाएको छ । ती जहाजहरुको यात्रा जारी रुस–युक्रेन द्वन्द्वसँग कुनै सम्बन्ध नरहेको पनि जनाइएको छ ।
यता नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले भने नेटो सदस्य राष्ट्रहरूले युक्रेनलाई आफ्नो समर्थन बढाउँदै गरेको बताएका छन् ।
डोनेट्स्क र लुहान्स्क जनवादी गणतन्त्र (डीपीआर र एलपीआर)ले कीभ सेनाहरूविरुद्ध आफ्नो रक्षा गर्न मद्दतको लागि अपील गरेपछि रूसले युक्रेनमा विशेष सैन्य कारबाही शुरु गरेको हो ।