Logo
Logo

जुवाको चेक प्रकरणमा एसएसपीमाथि कारबाही सिफारिस


13.2k
Shares


काठमाडौं । जुवाखालमा लेनदेनको चेकको विवादमा गलत मनसाय राखी अनुसन्धान गरेको आरोपमा एसएसपी अशोक सिंहमाथि कारबाही सिफारिस भएको छ । डिआइजी राजेशलाल कर्ण नेतृत्वको छानबिन समितिले त्यसमा सिंहको गलत नियत देखिएको उल्लेख छ । डिएसपी नरेन्द्र चन्दको हकमा भने गल्ती देखिएको छैन ।


सिन्धुलीका राजकुमार बरालको चेक जुवा खेल्ने क्रममा उनका साथी सुभाष भेटवालले लिएका थिए । बरालले आफ्नो चेक चोरी गरेर त्यसमा भेटवालले आफैँ रकम भरेको उनको दाबी गरेका छन् । भेटवालले भने चेकमा भएको रकमको माग गरी प्रहरीमा उजुरी गरेका थिए ।


घटनाको भोलिपल्टै बरालले चेक हराएको भनेर प्रहरीमा उजुरी दिएका थिए । सोही निवेदनका आधारमा प्रहरीले चेक हराएको ठाउँमा जुवा खेलेको भनेर घटनास्थलको मुुचुल्का पनि गरेको थियो । जसका आधारमा जुवा मुद्दा चलाउनुपर्ने देखिएकोमा त्यसतर्फ प्रहरीले अनुसन्धान नगर्नु गलत भएको छानबिन समितिको निष्कर्ष छ । । भेटवालको पक्ष लिएर चेकको रकम फिर्ता गर्न काठकमाडौं परिसरका तत्कालिन प्रमुख एसएसपी अशोक सिंहले दबाब दिएपछि प्रहरी विवादमा परेको थियो ।  । सरुवा हुने दिनमा एसएसपी सिंहले भेटवाललाई चेक फिर्ता गरेका थिए । जून विषयमा छानबिन गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । सोही आधारमा छानबिन भएको हो । छानबिन समितिमा एसपी आभूषण तिमल्सिना र डिएसपी सन्तोष तामाङ सदस्य थिए ।

प्रतिक्रिया दिनुहोस्