Logo
Logo

सेञ्चुरी बैंकद्वारा निःशुल्क दन्त शिविर


126
Shares

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक पेप्सीकोला शाखाले यही चैत ७ गते एकदिने निःशुल्क दन्त शिविर कार्यक्रम आयोजना गरेको छ । सो शिविरमा १०८ जना स्थानीय बासिन्दाले सेवा प्राप्त गरेका छन् । उक्त कार्यक्रममा समाज डेण्टल हस्पिटल पेप्सीकोलाको प्राविधिक सहयोग रहेको थियो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको छ ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा, १० एक्सटेन्सन काउन्टर, २६ शाखारहित बैंकिङ र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्