Logo
Logo

अन्तर्राष्ट्रिय युवा प्रजातान्त्रिक संघको वार्षिक कार्यक्रममा ३५ देशका प्रतिनिधि सहभागी हुने


2.2k
Shares


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवासी संगठन अन्तर्राष्ट्रिय युवा प्रजातान्त्रिक संघले चैत १४ गते वार्षिक कार्यक्रम आयोजना गर्ने भएको छ । जसमा भारतदेखि बेलायतसम्मका विभिन्न नेताहरु सहभागी हुँदै छन् ।


८१ वटा राष्ट्रहरू सम्मिलित युवा प्रजातान्त्रिक संघको उक्त कार्यक्रमलाई राप्रपा पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले मुख्य वक्ताको रूपमा सम्बोधन गर्ने छन्। कार्यक्रममा नेपालको वर्तमान राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय कूटनीतिका विषयमा छलफल हुने भएको छ । संघका उपाध्यक्ष हिक्मतजंग कार्कीका अनुसार गत अगष्ट महिनामा जर्मनीमा संघको अधिवेशन भएको थियो। अधिवेशनपछि पहिलो वार्षिक कार्यक्रम राखिएको कार्यक्रममा भारतीय जनता पार्टीका शौरभ चौधरी, जर्मनी सिडियु पार्टीका माइकल डस्ट, बेलायत कन्जरभेटिभ पार्टीका एमपी निकोला रिचार्ड, अष्ट्रेलियाको लिबरल पार्टीका जोश मनुओट लगायत ३५ देशका प्रतिनिधि सहभागी हुने कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस्