एजेन्सी । तालिवानले फेरि अन्तरिम मन्त्रिमण्डल हेरफेर गर्ने भएको छ । अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने प्रयत्नस्वरुप उसले यस्तो निर्णय लिएको हो ।
‘द खामा प्रेस’ मा जनाइएअनुसार कन्दहार प्रान्तमा अन्तरिम मन्त्रीमण्डललाई फेरि परिवर्तन गर्ने सन्दर्भमा तालिवान मुल्ला हेबतुल्लाह अखुन्दजादाका सर्वोच्च नेता नेतृत्वको १५ सदस्यीय टोली छलफलमा जुटेको छ । तालिवानले सत्ता सञ्चालन गरेयता अखुनद्जादाको नेतृत्वमा मन्त्रीमण्डल छाँटकाँटको विषयलाई लिएर पहिलोपटक बैठक बसेको बताइएको छ । अहिलेसम्म कुनै पनि देशले उक्त सरकारलाई मान्यता नदिएका कारण यस्तो छलफल सुरु भएको जनाइएको छ । समावेशीता, महिला तथा मानव अधिकारको सम्मान विश्व समुदायले मान्यता पाउने सबैभन्दा ठूलो पूर्व शर्त उसले अघि सारेको छ ।
‘द खमा प्रेस’का अनुसार १५ सदस्यीय सो टोलीमा अन्तरिम सरकारका मन्त्रीहरूसहित तालिवानका अन्य उच्च पदस्थ अधिकारीहरू रहेका छन् । प्रधानमन्त्री मुल्ला मुहम्मद हसन अखुन्द, उपप्रधानमन्त्री मुल्ला अब्दुल घानी बारादर, रक्षा मन्त्री मुल्ला याक्होब मुजाहिद, आन्तरिक मन्त्री सरसुदिन हक्कानी, शिक्षा मन्त्री, स्वास्थ्य, वित्त मन्त्री, व्यापार मन्त्री, खानी तथा पेट्रोलियम मन्त्री, मुख्य अटा‘र्नी र तालिवानका अन्य धेरै उच्च पदस्थ अधिकारीहरू सो छलफलका लागि कान्दहारमा भेला भएका एजेन्सीले जनाएको छ ।
उता तालिवान सरकारले उक्त बैठकबारे हालसम्म आधिकारिक पुष्टि भने गरिसकेको छैन ।