Logo
Logo

सलमान खानलाई अदालतमा उपस्थित हुन आदेश


3.8k
Shares

काठमाडौं । बलिउड अभिनेता सलमान खानविरुद्ध मुम्बईको अंधेरी कोर्टले ३ वर्ष पुरानो मामिलामा अदालतमा उपस्थित हुन आदेश दिएको छ । सलमानमाथि अशोक श्यमाल पाण्डे नामका पत्रकारमाथि कुटपिट गरेको आरोप लागेको छ ।

मुम्बईको अंधेरी मजिस्ट्रेट कोर्टले सलमान खान र उनका बडिगार्डलाई अप्रिल महिनाको ५ तारिखमा अदालत पेश हुन आदेश दिएको हो ।

ती पत्रकारले भनेका थिए, ‘सलमानले ममाथि कुटपिट गरेका थिए र मेरो फोृन पनि खोसेका थिए । ’ उनले सलमानविरुद्ध गरिएको उजुरीमाथि कारवाही नगरेको भन्दै प्रहरीमाथि पनि आरोप लगाएका थिए ।

घटना तीन वर्ष पुरानो हो जब पत्रकार अशोक पाण्डेले सलमानले साइकल चलाउँदै गरेको भिडियो सुट गर्न कोसिस गरेका थिए । त्यतिबेला सलमान र उनका बडिगार्डले अशोकमाथि दुर्व्यवहार गरेका थिए र उनको फोन पनि खोसेका थिए । अशोकले सलमानमाथि कुटपिटको आरोप पनि लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्