काबुल । चीनका विदेश मन्त्री वाङ यी बिहीबार काबुल पुगेका छन् ।
‘चिनियाँ विदेशमन्त्रीले इस्लामिक इमिरेट्सका नेताहरूसँग वार्ता गर्न काबुल आइपुग्नु भएको छ’, तालिबान सरकारका शीर्ष अधिकारी अहमद यासिरले ट्वीटरमा उल्लेख गरेका छन् ।
यसअघि वाङ् यीले भारतको पनि भ्रमण गर्ने तय थियो । तर पछिल्लो समय जम्मु कश्मिरका बारेमा चीनले गरेको टिप्पणीप्रति भारतले कडा प्रतिक्रिया दिएपछि वाङ भारत भ्रमणमा जान अनिच्छुक भएका थिए ।