Logo
Logo

पल शाहलाई थुनामा राख्न अदालतको आदेश


2.8k
Shares

पोखरा । नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको आरोपमा हिरासतमा रहेको नायक पूर्णविक्रम शाह (पल शाह)लाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि विहीबार शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

न्यायाधीश हरिशचन्द्र ढुंगानाले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरिएको बताए । अर्का प्रतिवादी कृष्ण जोशीलाई १ लाख धरौटी बुझाएर साधारण तारेखमा छाड्न आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्