Logo
Logo

रुसले अब युक्रेनको डोन्बासलाई निशाना बनाउने


1.8k
Shares

फाइल फोटो

एजेन्सी । युक्रेनमा पहिलो चरणको युद्ध पूरा गरिएको रुसले घोषणा गरेको छ ।

आफूले युद्धमार्फत प्रारम्भिक लक्ष्य हासिल गरेसँगै युक्रेनको युद्ध क्षमता कमजोर पार्न सफल भएको रुसका वरिष्ठ सैन्य अधिकारी सर्गेई रुद्स्कोइले बीबीसीलाई बताएका छन् । रुसले एक महिनाअघि युक्रेनमा आक्रमण थालेको थियो । आफ्नो युद्ध रणनीतिमा परिवर्तन गरिएको संकेत दिँदै रुसले दोस्रो चरणमा युक्रेनको पूर्वी क्षेत्र डोन्बासमा हमला केन्द्रित गर्ने जनाएको छ । युक्रेनले अहिलेसम्म गरेको दर्बिलो सामनाका कारण रुस अघि बढ्न सकिरहेको थिएन ।

अब युक्रेनका केही सहरहरू कब्जामा लिएर युक्रेनी सरकार ढाल्ने योजना रुसको रहेको बीबीसीमा उल्लेख छ । युक्रेनको राजधानी किएभ पनि रुसले घेराबन्दीमा पारेको छ । युक्रेनलाई निशस्त्रीकरण गर्ने उद्देश्यले आफ्नो देशले सैन्य कारबाही गरेको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको भनाइ छ । युद्धको मूल लक्ष्य अझै हासिल गर्न नसकिएको उल्लेख गर्दै उनले द्धिदेशीय युद्धका कारण आफ्ना १६ हजार सैनिकको मृत्यु भएको ठोकुवा गरेका छन् ।

रुसका सैनिकले युक्रेनमा रहेका आवाशिय भवन, अस्पताललगायत अन्य संवेदनशील क्षेत्रमासमेत लगातार आक्रमण गरिरहेको छ । द्धिदेशीय युद्ध अन्त्यको प्रयासस्वरुप यसअघि पटक-पटक वार्ता भएपनि गरिएका सबै वार्ता विफल हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्