काठमाडौं । कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ ।
बैंकले सेवा विस्तार गर्ने क्रममा २०७८ चैत ११ गतेबाट तानसेन–९ दमकडा, पाल्पाकै महिमा पुस्तक एण्ड मोबाइल सेण्टरमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । वडा नंं ९ का वडाध्यक्ष्य हरिषसोमर रेग्मी र बैंकका संस्थापक एवं पूर्वसञ्चालक रामप्रसाद पोख्रेलले संयुक्तरूपमा उक्त शाखारहित बैंकिङ सेवाको शुभारम्भ गरेका थिए ।
कार्यक्रममा बैंकका संस्थापक, बैंकका अन्य कर्मचारी, व्यावसायिक प्रतिनिधि तथा स्थानीयवासीको उपस्थिति रहेको थियो । शाखारहित बैंकिङमार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानीलगायतका सुविधा प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।