Logo
Logo

माछापुच्छ्रे बैंकले भव्यरूपमा मनायो ग्लोबल मनी सप्ताह


252
Shares

काठमाडौं । वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापीरुपमा मनाउने ‘ग्लोबल मनी वीक’ माछापुच्छ्रे बैंकले भव्यरुपमा मनाएको छ । यस वर्ष मार्च २१ तारिख देखि २७ तारिख सम्म परेको ‘ग्लोबल मनी वीक’ अन्र्तगत बैंकले देशव्यापी छरिएर रहेका आफ्ना शाखा कार्यालयमार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्याक्रम आयोजना गरेको थियो ।

बैंकले देशका सातवटै प्रदेशमा स्थानीय स्कुल कलेज, क्लबहरुसँग समन्वय गरेर विभिन्न तहका विद्यार्थी, महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गरी अन्तक्रिया तथा साक्षरता ¥यालीहरुको आयोजना गरी ‘ग्लोबल मनी वीक’ मनाएको हो ।

बैंकले ‘ग्लोबल मनी वीक’अन्तर्गत २०७८ चैत १२ काठमाडौँलगायत देशका विभिन्न प्रदेशहरुमा वित्तीय साक्षरता जगाउने उद्देश्यले ¥याली निकालेको थियो । विभिन्न वित्तीय साक्षरतासम्बन्धी जानकारी लेखिएका प्लेकार्डसहित राजधानीको बूढानीलकण्ठस्थित होटल सब्रिनाबाट सुरु भएको ¥याली भंगाल, चुनिखेल, सुन्दरबस्ती, कपन, गुम्बा, कपन हुँदै पुनः होटल सब्रिनामा नै आएर समापन भएको थियो । उक्त ¥यालीमा बैकका सञ्चालक समितिका सदस्य जयमुकुन्द खनाल, प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालगायत काठमाडौं उपत्यकामा कार्यरत कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

त्यस्तै बैंकले ग्लोबल मनि सप्ताहकै उपलक्ष्यमा काठमाडौँ बाहिर लुम्बिनी प्रदेशको भैरहबा र नेपालगन्ज, मधेश प्रदेशमा गोलबजार र जनकपुर, प्रदेश नं. १ मा इटहरी र बिर्तामोड, सुदूरपश्चिम प्रदेशमा धनगढी र गण्डकी प्रदेशमा पोखरालगायतका स्थानमा पनि वित्तीय साक्षरता ¥याली निकालेको थियो भने सप्ताहभरि बैंकका शाखाहरुले विभिन्न स्कुल, कलेज तथा स्थानीय क्लबमा विभिन्न उमेर समूहलाई लक्षित गर्दै वित्तीय साक्षरता अन्तर्गत वित्तीय ज्ञान, सुरक्षित तथा डिजिटल बैकिङ कारोबार सम्बन्धि सचेतना जगाउने उद्धेश्यले अन्तक्रिया कार्यक्रमहरुको आयोजना गरेका थिए ।

सोही अवधिमा बैंकले विभिन्न सञ्चारमाध्यममार्फत वित्तिय साक्षरतासम्बन्धी रेडियो नाटक एंव जिंगल समेत प्रसारण गरेको थियो । माछापुच्छ«े बैंकले आम ग्राहकलाई लक्षित गर्दे यसअघि पनि विभिन्न समयमा विभिन्न माध्यममार्फत वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्