काठमाडौं । संगठित रुपमा घुसखोरी चलाएको आरोपमा आफैंले निलम्बन गरेर करबाही गरेका एसपीलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पुरस्कृत गरेका छन् । एसपी रामेश्वर यादबलाई सिन्धुपाल्चोकको जिम्मेवारी दिएर उनले पुरस्कृत गरेका हुन् ।
एसपी यादब कर्णाली प्रदेशको ट्राफिक इन्चार्ज हुँदा मातहतसँग पैसा उठाएको आरोपमा निलम्बनमा परेका थिए । जागिर नै जाने घटना भएपछि उनलाई विभागीय कारबाही गरेर जोगाइएको थियो । उनै यादबलाई सिन्धुपाल्चोक पठाइएको छ ।
त्यतीबेला एसपी यादब, अर्का एसपी विमल बस्नेत र इन्सपेक्टर मेघराज चौरसियालाई निलम्बन गरी कारबाही गरिएको थियो ।
कसलाई पठाउने भन्ने विवादका कारण सिन्धुपाल्चोकमा १९ महिनासम्म एसपीको सरुवा हुन सकेको थिएन ।
त्यस्तै, मोरङमा शान्तिराज कोइराला तथा ऋषिराज कँडेललाई पश्चिम नवलपरासीमा पठाइएको छ ।