काठमाडौं । रुसी र युक्रेनी वार्ताकारहरूले मङ्गलबार बिहान १०ः३० बजे (०७३० GMT) पछि इस्तानबुलमा आमनेसामने वार्ता शुरु गरेको टर्की समाचार एजेन्सीले जनाएको छ ।
दुबै पक्षलाई टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले स्वागत गरेका थिए । स्वागत गर्दै राष्ट्रपति एर्डोगानले दुवै पक्षलाई युक्रेनमा गत फेब्रुअरी २६ मा रूसको आक्रमणबाट उत्पन्न ‘यस त्रासदीको अन्त्य’ गर्न आग्रह गरेका छन् ।