काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कासहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सामुदायिक बिद्युतीयकरणका नाममा अनियमितता गरेको ठहर भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।
खड्कालाई ४ करोड २१ लाख बिगो दाबी गरिएको छ । त्यस्तै, प्रशासकीय अधिकृत राजु प्रसाद न्यौपाने, लेखापाल दुर्गा बहादुर तामाङ तथा बिद्युतीकरण उपभोक्ता समितिका पदाधिकारीविरुद्ध मुद्दा दायर भएको हो ।
गाउँपालिकाका अध्यक्ष खड्का यसअघि बलात्कार मुद्दामा जेल परेर पछि सफाई पाई छुटेका विवादास्पद जनप्रतिनिधि हुन् ।