Logo
Logo

प्रहरीमा रमिताः रामशाहपथमा मुद्दा, हेडक्वार्टरमा फुली


69.6k
Shares


काठमाडौं । नेपाल प्रहरीको एआइजी बढुवा चरम विवादमा फसेको छ । सिनियर डिआइजीहरुलाई अन्याय गरेर चलखेलका आधारमा बढुवा गरिएको भन्दै पीडित डिआइजीहरु अदालत पुगेका छन् ।


डिआइजीहरु घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्की अदालत गएका हुन । उनीहरु सिनियर हुँदा हुँदा पनि सरकारले जुनियरलाई बढुवा गरेको थियो ।


अझ बढुवा विवादमा परेपछि बढुवा गरेकै दिन बिहीबार तीनै एआइजीलाई फुली लगाइएको छ । बसन्त कुमार पन्त, धीरजप्रताप सिंह र रबिन्द्र धानुकलाई प्रहरी महानिरीक्षकले बिहीबार नै फुली लगाइदिएका छन् । बढुवा विवादास्पद बनेपछि अदालतले रोक्न सक्ने सम्भावना भएको भन्दै हतार हतार फुली लगाइएको हो ।


सात वर्षअघि जस्तै एआइजी बढुवा विवादमा परेको छ । जसकारण सरकार नै यसबाट बदनाम हुन पुगेको छ । निश्चित व्यक्तिहरुलाई बढुवा गर्न दरबन्दी थपेको भन्दै सुरुदेखि नै यसमा विवाद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्