Logo
Logo

प्रधानमन्त्री इमरानको हत्या षडयन्त्र रचिएको पाकिस्तानी सूचना मन्त्रीको दावी


567
Shares

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको हत्याको षड्यन्त्र रचिएको पाकिस्तानमा सूचना एवं प्रशारण मन्त्री फवाद हुसैन चौधरीले बताएका छन् । उनले ट्वीट गर्दै सुरक्षा एजेन्सीले आफूलई त्यस्तो जानकारी दिएको बताएका छन् ।

उनले भनेका छन्, ‘त्यसपछि सरकारको निर्णयअनुसार प्रधानमन्त्री खानको सुरक्षामा कडाई गरिएको छ ।’ अहिले प्रधानमन्त्री इमरान खान नेतृत्वको सरकारले अविश्वास प्रस्ताव सामना गरिरहेको छ । यसबारे यही आइतबार मतदान हुँदैछ ।

एक दिनअघि राष्ट्रको नाममा आफ्नो सन्देशमा प्रधानमन्त्री इमरान खानले आफूले अन्तिम समयसम्म पनि लड्ने र राजीनामा नदिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्