बारा । बाराका एसपी दिलिपसिंह देउवाले आफु प्रधानमन्त्री शेरबहादुर देउवाको खास मान्छे भएको भन्दै जिल्लामा तस्करी व्यापक बनाएका छन् । प्रधानमन्त्रीको समेत नाम बेचेर उनले जिल्लामा अवैध धन्दा चलाएका छन् । जिल्लाका विवादास्पद घुुमवालाई खटाएर उनले तस्करी चलाएका हुन् ।
क्राइम ब्रन्चमा बसेर रकम असुली गर्दै प्रहरी जवान संजय जैसवाललाई दंगामा नपठाई बारामै रोकेर तस्करसँग रकम असुली गराउन खटाउने गरेका छन् । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीको आदेशमा बारामा डीआइजी र एसपीका लागि क्राइम ब्रन्चमा बसेर रकम असुली गर्दै आएका जैसवाललाई चैत १३ गते बाराबाट रमाना दिएर दंगामा हाजिर हुन पठाइएको थियो । तर, बालुवाटारको धाक लगाउँदै उनले प्ररही महानिरीक्षकलाई समेत चुनौती दिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा र स्वकीय सचिव प्रकाश देउवाको नाम लिंदै एसपी दिलीपसिंह देउवाले बाराबाट रमाना दिएर दंगा गणमा पठाइएका जैसवाललाई तस्करसँग रकम असुली गर्ने कार्यमा प्रयोग गर्नका लागि हाजिर हुनबाट रोकेका छन् । एसपी देउवाले दंगागणमा हाजिर गर्न नदिई जैसवाललाई घुमुवामा परिचालन गरेको बाराका एक प्रहरी अधिकृतले बताएका छन् ।
प्रहरी महानिरीक्षक क्षेत्रीले गएको चैत ११ गते घुमुवा जैसवालाई बाराबाट हटाएर धनुषाको ढल्केमा रहेको नेपाल प्रहरीको दंगा नियन्त्रण गणमा पठाउने आदेश गरेका थिए । आजीपीको आदेशमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले संजय जैसवाललाई दंगामा काज सरुवा गरेको पत्र जिल्ला प्रहरी कार्यालय बारामा पठाएको थिए ।
जैसवालाई दंगा नियन्त्रण गणमा पठाउनुको साटो मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय बाराले चैत १० गतेको मितीमा निवेदन दिएर १० दिनको बिदा दिएका छिन् ।
आईजीपी केही दिनमा अवकाश भएपछि तिमीलाई कसैले केही गर्न नसक्ने भन्दै बिदा दिएर तिमीले गर्दै आएका कामहरु गर भनेर डिआईजी र एसपी देउवा साबबाट नै आदेश आएपछि जैसवाललाई दंगामा नपठाई घुमुवामै राखिएको घटना सार्वजनिक भएपछि चैत १३ गते प्रहरी प्रधान कार्यालयको अर्को आदेशमा घुमुवा जैसवाललाई बाराबाट रमाना दिएर दंगामा पठाइएको थियो ।
जैसवालले रमाना लिएपछि १२ घण्टाभित्रमा धनुषाको ढल्केमा रहेको नेपाल प्रहरीको दंगा नियन्त्रण गणमा हाजिर हुनुको साट्टो अहिले वीरगन्जमा बसेर बाराबाट तस्करी गर्ने तस्करसँग रकम उठाउने काममा एसपी देउवाले नै लगाएको जिल्ला प्रहरी कार्यालय बाराका एक प्रहरी अधिकृतले बताएका छन् ।
धनुषाको ढल्केमा रहेको नेपाल प्रहरीको दंगा नियन्त्रण गणका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलले बाराबाट रमाना लिएका प्रहरी जवान संजय जैसवाल दंगामा हाजिर हुन नआएको बताएका छन् । फुयालले रमाना दिएपछि १२ घण्टामा हाजिर हुनुपर्ने हो तर जैसवाल एक दुई दिनमा हाजिर हुन आउने सक्ने सम्भावना रहेको उनले बताए ।