Logo
Logo

संयुक्त राष्ट्र संघले भन्यो-‘९० लाख अफगानी भोकमरीको जोखिममा’


504
Shares

एजेन्सी । अफगानिस्तानका ९० लाख नागरिक भोकमरीको जोखिममा परेका संयुक्त राष्ट्र संघले जनाएको छ ।

सो देशको अर्थतन्त्र ध्वस्त भएपछि उक्त संख्याका अफगानी नागरिक भोकमरीको जोखिममा परेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसको भनाइ छ । संयुक्त राष्ट्र संघसँगै संघका साझेदारहरूले अफगानी नागरिकको जीवन रक्षा गर्न सहायता प्रदानको अभियानलाई निरन्तररुपमा अघि बढाउन उनले अपील गरेका समाचार संस्था एएनआईले उल्लेख गरेको छ । महासचिव गुटेर्रेसले उक्त राष्ट्रको मानवीय अवस्था कमजोर बन्दै गइरहेकाले अविलम्ब थप सहयोगको खाँचो रहेको बताएका छन् ।

गएको वर्षको अगस्टमा अफगान सरकारको पतन र तालिवानीको सत्तारोहणसँगै उक्त देशमा मानव अधिकारको स्थिति कमजोर बन्दै गइरहेको छ । अफगानिस्तानमा द्वन्द्व त समाप्त भयो । तर, मानव अधिकारको उल्लंघन भने दिनहुँ गम्भीर बनिरहेको छ । गैर न्यायिक मृत्युदण्ड, जबर्जस्ती बेपत्ता, यातना, स्वेच्छाचारी नजरबन्द, महिला अधिकारको कटौती, मिडियाविरुद्धको आक्रमणजस्ता गतिविधि तालिवानले गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्