Logo
Logo

कामना सेवा विकास बैंकद्वारा दुई शाखारहित बैंकिङ सेवा सुरु


378
Shares

काठमाडौं । कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ छैटौं र सातौं शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा २०७८ चैत १७ गते बिहीबारबाट मोरङ जिल्ला पथरी शनिश्चरे नपा–९ को आरके मोबाइल सर्भिस सेन्टरमा छैटौं र लेटाङ–९ मदनचोकको एबि मेडिकल हलमा सातौं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

पथरी शनिश्चरे–९ मा नगरपालिकाका प्रमुख दिलीपकुमार राईले र लेटाङ–९ मा वडाध्यक्ष्य कृष्ण लुइँटेलले शाखारहित बैंकिङ सेवाको शुभारम्भ गरेका थिए । कार्यक्रममा बैंकका तर्फबाट प्रदेश प्रमुख खिमलाल भुषाल, बैंकका अन्य कर्मचारी, व्यावसायिक प्रतिनिधि तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।

शाखारहित बैंकिङमार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधा प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्