Logo
Logo

जनता आधारभूत विद्यालयलाई लुम्बिनी बिकास बैंकको सहयोग


504
Shares

काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सर्लाहीको जनता आधारभूत विद्यालय लालबन्दी–११ हिरापुरमा सञ्चालित विद्यालयलाई आर्थिक सहयोग स्वरुप रु. ५० हजार नगद सहयोग हस्तान्तरण गरेको छ ।

बैंकका मधेस प्रदेश प्रमुख मोहनराज गिरीले विद्यालयका प्रधानाध्यापक शत्रुधन महतोलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । मोहनराज गिरीले जनता आधारभुत विद्यालयमा सुविधासम्पन्न शौचालय निर्माणमा सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए ।

लुम्बिनी विकास बैंकले गरेको सहयोगका लागि आभार प्रकट गर्दै विद्यालयका प्रधानाध्यापक महतोले विद्यार्थीहरुका लागि शौचालय निर्माणमा खर्च गरिने बताए । कार्यक्रममा बैंकका लालबन्दी शाखाका शाखा प्रवन्धक आशिषकुमार भट्टराई, कर्मचारी दयाराम गौतम तथा दिप्ती अधिकारी र विद्यालयको तर्फबाट लालबन्दी नगरपालिकाका शिक्षा शाखा प्रमुख श्रीमती लक्ष्मी शिवाकोटी, वडा नं ११ का वडा सदस्य उमेश महतो, भूतपूर्व विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष संग्रामसिंह गोलेलगायतको उपस्थिति थियो । विद्यालयमा हाल २५३ विद्यार्थी छन् । उक्त विद्यालय २०३५ सालदेखि सञ्चालन भइरहेको छ ।

हाल विकास बैंकले ७ वटै प्रदेशमा ७९ वटा शाखामार्फत कारोबार गर्दै आएको छ । बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दति खातामा ‘मासिक’ रुपमा ब्याज प्रदान गर्ने विशेष योजनासमेत कार्यान्वयनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्