Logo
Logo

कुमारी बैंकको २१ प्रतिशत क्यासब्याक योजना


441
Shares

काठमाडौं । कुमारी बैंकले आफ्नो डेबिट कार्ड या क्रेडिट कार्डमार्फत पिओएस अथवा अनलाइन भुक्तानी गर्दा २१ प्रतिशत क्यासब्याक दिने भएको छ । बैंक स्थापना भएको २१ वर्ष पुगेको अवसरमा पहिलो कारोबारको भुक्तानीमा अधिकतम दुई हजार एक सयसम्म क्यासब्याक गर्ने बैंकले जनाएको छ ।

त्यस्तै, पहिलोपटक मोबाइल टपअप या क्युआर भुक्तानीमा पनि २० चैतको पहिलो कारोबारमा अधिकतम दुई सय १० रुपैयाँ क्यासब्याक गरिने जनाएको छ । त्यस्तै, हेलिकोप्टरमार्फत गोसाइँकुण्ड जाने ग्राहकलाई १२ हजार पाँच सयसम्म छुट दिइनेछ । बैंकको वार्षिकोत्सवको दिन एकजना भाग्यशाली विजेता ग्राहकलाई दुबई भ्रमणको टिकट उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्