Logo
Logo

एनआईसी एशियाको २४औं वार्षिक साधारणसभा सम्पन्न


441
Shares

काठमाडौं । एनआइसी एशिया बैंकको २ औं वार्षिक साधारणसभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आइतबार सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७७÷७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले मिति २०७८ कात्तिक १० मा सम्पन्न सञ्चालक समितिको ५१२औं बैठकले बैंकको स्वतन्त्र सञ्चालकको पदमा श्रीमती बिजया स्वारलाई नियुक्त गर्ने निर्णय गरेकामा उक्त निर्णयलाई अनुमोदनसमेत गरेको छ ।

साधारणसभामा सञ्चालक समितिको सदस्य संस्थापक शेयरधनी र सर्वसाधरण शेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने ३–३ गरी ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । जसमा संस्थापक शेयरधनीका तर्पmबाट तुलसीराम अग्रवाल, त्रिलोकचन्द अग्रवाल र रामचन्द्र संघई निर्विरोध निर्वाचित भएका छन् भने सर्वसाधारणका तर्पmबाट निकुञ्ज अग्रवाल, गणेशमान श्रेष्ठ र आदित्यकुमार अग्रवाल निर्वाचित भएका छन् । सभाले सञ्चालक समितिका निवर्तमान सदस्यद्वय राजेन्द्रप्रसाद अर्याल तथा विनोदकुमार प्याकुरेललाई बैंकको प्रगतिमा पु¥याउनुभएको अतुलनीय योगदानको कदर गर्दै सफल कार्यकालको उच्च मूल्यांकन गरेको छ । साधारणसभापश्चात बसेको नवनिर्वाचित सञ्चालक समितिको बैंठकले सञ्चालक तुलसीराम अग्रवाललाई बैंकको सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयनसमेत गरेको छ ।

बैंकका मुलुकभर ३५८ शाखा कार्यालय, ४७३ एटिएम, १०० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आएको छ । देशको कुल जनसंख्यामध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिकरूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई बैंकमार्फत सेवा दिन बैंक सफल भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्